
काठमाडौं । नेपालले जीतका लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ४८.२ ओभरमा सबै विकेट गुमाउँदै नेपालले २ सय ३० रन बनाएको हो ।


नेपालले पहिलो पटक भारतसँग एकदिवसीय खेल खेलेको हो । नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबारको खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ ।

नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो ।









