
सुन्दरहरैंचा । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएक छन् । उनले ४४६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी राजकुमार ओझाले ४०७ मत ल्याएर पराजित भए ।


राईलाई संस्थापन इतर विनोद ढकालको समुहले साथ दिएको थियो भने ओझालाई संस्थापन पक्ष केपी ओली समुहले साथ दिएको थियो ।

१० औं अधिवेशनमा राई समुहको प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा ढकाल पक्षका सागर थापाले ४२२ मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१, सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन् ।
यस्तै उपसचिवमा ढकाल पक्षका सन्तोष वान्तवाले ४९० र उषा झाले ४१८ मत ल्याउँदा संस्थापन पक्ष्ँका इर्जालाल राजवंशीले ३११ र शिल्पा कार्कीले ४०५ मत ल्याएकी छिन् । अधिवेशनमा ८ सय ८८ मत खसेको थियो।









