पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । लामिछानेलाई लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् । कार्यकर्ताले रानाभाटलाई लछारपछार गरेपछि प्रहरीले नियन्त्रणमा […]