
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं ३ श्रीजंगा चौकमा विहिबार विहान भएको सिटी सफारी दुर्घटनामा एक महिला गम्भिर घाईते भएकी छिन् । दुर्घटनामा परी सिटीमा यात्रा गरीरहेकी पथरीशनिश्चरे-२ बस्ने वर्ष ४५ की पार्वती बुढाथोकी गम्भिर घाईते भएकी हुन ।


कल्याण चौकबाट भेटघाट चौक आफन्तको पाहुना हिडेकी बुढाथोकी चढेको प्र-०२-००३-ह-१६४४ नम्वरको सिटीसफारी श्रीजंगा चौकको घुम्तीमा अनियन्त्रीत भई पल्टीदा महिलाको देब्रे हातै चुडिनुका साथै टाउकोमा समेत गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

यस्तै सिटी सफारीका चालक पथरीशनिश्चरे-२ बस्ने वर्ष अन्दाजी ३५/४० वर्षका जस्ता देखीने शरन बहादुर तामाङ पनि घाईते भएका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेपनि उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईते दुवैको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले बताएको छ ।









