मनोरञ्जन मुख्य समाचार लुम्बिनी प्रदेश

गायिका रचना रिमाल चढेको स्कार्पियो दुर्घटना

दाङ । गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ । गायिका रिमाल चढेको स्कार्पियो आइतबार साझ दुर्घटनामा परेको हो । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ रचना र पत्रकार शिवु खनाल सवार स्कारपियोलाई ट्रकले ठक्कर दिएको हो । रचनाले आफुसहितको टिम सकुशल रहेको बताएकी छन् ।

मुख्य समाचार लुम्बिनी प्रदेश

बाँकेमा बम विष्फोट

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ । प्रहरीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ । विस्फोटले सडकमा भ्वाङ परेको छ । सडकमा भ्वाङ परेकाले एकतर्फी रुपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार लुम्बिनी प्रदेश समाचार

पहिरोले स्कारपियो पुर्दा ३ जनाको मृत्यु ८ जना घाइते

पाल्पा । पाल्पामा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गासहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । तम्घासबाट बुटवलतर्फ […]