मुख्य समाचार राजनीति

पूर्वराष्ट्रपति राजनीतिमा आउन कुनै बन्देज छैन: देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन सविधानमा कुनै बन्देज नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीहरु सग कुरा गर्दै देउवाले वर्तमान सरकारले निरन्तरता पाउने बताएका छन्। उनले तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने स्पष्ट पारे । देउवा सुनसरीको एक […]

मुख्य समाचार राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओलीले गरे एमाले विधान महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको उद्घाटन भएको छ । ललितपुरको सनराइज हलमा आयोजित विधान महाधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । तीनदिनसम्म चल्ने महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी छन् ।

कोशी प्रदेश मुख्य समाचार राजनीति

४५ वर्षपछि एमाले छाड्दै तुलसा मेयान्बो कांग्रेसमा

सुन्दरहरैंचा । नेकपा एमालेको लामो समयसम्मको सक्रिय राजनीतिलाई बिदा दिँदै सुन्दरहरैंचाकी अग्रज महिला नेता तुलसा मेयान्बो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। एमाले निकट अखिल नेपाल महिला संघ सुन्दरहरैंचाकी सचिवसमेत रहेकी मेयान्बोले शनिबार एक कार्यक्रमबीच औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन्। कांग्रेसका केन्द्रीय महासमिति सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माले उनलाई पार्टीमा स्वागत […]

मुख्य समाचार राजनीति

मोरङ कांग्रेसमा नेताहरूलाई ‘चुनावी दशैं’

सुन्दरहरैंचा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले हुने भन्ने अन्योल कायमै रहँदा पनि मोरङ जिल्लामा भने नेताहरूबीच चुनावी सरगर्मी चुलिँदै गएको छ। पार्टी सभापतिको आकांक्षाले नेताहरूलाई सक्रिय बनाएको छ, जसका कारण मोरङ कांग्रेसभित्र ‘चुनावी दशैं’ जस्तै माहोल सिर्जना भएको छ। महाधिवेशन नजिकिँदै गएको अनुमानसँगै दर्जनौँ नेताहरूले सभापति पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। कार्यकर्ता […]