कोशी प्रदेश मुख्य समाचार राजनीति

पौष सम्म आवश्यक हुनेले मात्र कर तिरौं: मेयर गुरागाई

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले करवृद्धि बिरुद्धको संघर्ष समिती सग वार्ता गरेको छ । सोमबार करवृद्धि बिरुद्धको नागरिक दबाब संघर्ष समिती र नगरपालिका बिच दुई पक्षिय वार्ता तथा छलफल भएको छ ।

नगरमा रहेका सक्रिय राजनीतिक दल, नगरमा रहेका दुई उधोग वाणिज्य संघ र सञ्चारकर्मीहरुको उपस्थितिमा वार्ता सम्पन्न भएको छ । नगरपालिका सग भएको वार्ता साकारात्मक भएको करवृद्धि बिरुद्धको संघर्ष समितिका संयोजक तथा नेपाली काङ्ग्रेस नगर सभापति भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

छलफल पश्चात आर्थिक ऐन २०८० मा तोकेको करमा अध्ययन गर्नका लागि नगर प्रमुख केदार प्रसाद गुरागाईंको अध्यक्षमा नगरपालिका प्रमुख राजनीतिक दलहरू सहित उच्चस्तरीय सल्लाहकार समिति गठन गर्ने निर्णय गरिएको छ। समितिले एक महिना भित्रमा आर्थिक ऐन २०८० अध्ययन गर्ने र सोही अनुसार कर हेरफेर गर्ने सहमती भएको सिटौलाले बताएका छन ।

संघर्ष समितिले कर तत्काल घटाउन माग गरेता पनि पौष सम्म कर नघट्ने मेयर गुरागाईले बताएका छन । गुरागाईले तत्काल कर नघट्ने तर पौष मसान्त सम्म आवश्यक हुनेले मात्र कर तिर्दा हुने र पौषमा नगरसभाले करलाई समायोजन गर्न सकिने बताएका थिए । संघर्ष समितिले पौषमा नगरसभा बसेर कर घटाउन नसकिने हुँदा तत्काल नगरसभा बोलाउन मेयर गुरगाईलाई आग्रह गरेका थिए । तर गुरागाईले तत्काल नगरसभा बस्न समस्या हुने भन्दै विकल्पका लागि आवश्यक हुनेले मात्र अहिले कर तिर्दै गर्दा हुने बताएका हुन ।

वार्तामा अधिकाशं व्यक्तिहरुले नगरले करलाई समायोजन गर्नु पर्ने बताएका थिए । माओवादी केन्द्र नगर अध्यक्ष दुश्यान्त भट्टराईले करको वर्गीकरणमा अबैज्ञानिक भएको टिप्पणी गर्दै करको दायरा बढाउन मेयर गुरागाईलाई आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *