सुन्दरहरैंचा । भदौ २४ गतेको घटनापछि संरचनागत रूपमा ठूलो क्षति व्यहोरेको नेपालिरिका होटलले आफ्नो कर्मचारीलाई सुरक्षित रोजगारी दिने घोषणा गरेको छ। होटल व्यवस्थापनले स्पष्ट पारे अनुसार कुनै पनि कर्मचारीलाई जागिर गुमाउनु पर्ने स्थिति आउने छैन। व्यवस्थापनले सम्पूर्ण कर्मचारीलाई नियमित तलब तथा यस वर्षको दशैं बोनससमेत उपलब्ध गराउने जनाएको छ। साथै, सोही दिन पाहुनाहरूलाई सुरक्षित रूपमा […]
विजनेश
कोशीबाट चम्कँदै “पिएलओ लुब्रीकेन्ट्स”
सुन्दरहरैंचा । कोशी प्रदेशको मोरङ जिल्लाको सुन्दरहरैंचामा स्थापना भएको पिएलओ लुब्रीकेन्ट्स नेपाली बजारमा लोकप्रियता बटुल्दै अन्तर्राष्ट्रिय विस्तारको तयारीमा जुटेको छ। पिएलओ ग्रुप अन्तर्गत सञ्चालनमा रहेको लुब्रीकेन्ट्स उत्पादनले पछिल्लो वर्ष बिक्रीमा उल्लेखनीय वृद्धि गर्दै देशभर ब्रान्डको रूपमा स्थापित हुँदै गएको छ। पिएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले कम्पनीले व्यवसायसँगै समाजप्रति पनि उत्तरदायित्व वहन गर्दै आएको बताए। “हामी […]
विराटचोकमा चन्द्र विराट स्केटिङ पार्क
सुन्दरहरैंचा । बालबालिकाको शारीरिक सशक्तिकरण र मानसिक विकासलाई लक्ष्य गर्दै मोरङको सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकमा चन्द्र विराट स्केटिङ पार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पार्कको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कार्कीले स्केटिङ जस्ता खेलकुदले बालबालिकामा आत्मविश्वास, अनुशासन र सामाजिकता विकास गर्न मद्दत पुर्याउने बताए। “आजको पुस्ता […]
सुन्दरहरैंचामा सिद्धार्थ मिष्ठान्न हाउसको उद्घाटन
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं. ९, विराटचोकमा सिद्धार्थ मिष्ठान्न भण्डार तथा सिद्धार्थ टेण्ट हाउसको साउन ५ गते उद्घाटन भएको छ । सन्तोष भगतले सञ्चालन गरेको यो व्यवसायले स्थानीय बजारमा गुणस्तरीय मिठाई र टेण्ट सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोह सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले रिबन काटेर औपचारिक रूपमा सम्पन्न […]
सुन्दरहरैंचामा आरोग्यधाम नेचुरोप्याथी सेन्टर उद्घाटन
सुन्दरहरैंचा । नेपालमै पहिलो पटक सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा आरोग्यधाम नेचुरोप्याथी सेन्टर को भव्य उद्घाटन सम्पन्न भएको छ। यो सेन्टरले प्राकृतिक चिकित्सा र आयुर्वेदिक उपचारको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सेन्टरले अनुभवी चिकित्सकहरूको टोलीमार्फत पञ्चकर्म थेरापी, नेचुरोप्याथी, न्युरो थेरापी, कायरोप्राक्टिक थेरापी, अक्युपंचर थेरापी लगायत […]