
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा रहेको नगर अस्पातलमा कार्यरत एक जना डाक्टर माथि बिहीवार बिहान दुर्व्यवहार भएको छ । बिरामी र डाक्टर बिच उपचार गर्ने बिषयमा भनाभन हुँदा डाक्टर माथि हातपातको प्रयास भएको हो ।


बिहीवार बिहान स्वास्थ्य उपचार गर्न पुगेका एक जना बिरामीको आफन्तले डाक्टर माथि अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सार्वजनिक विदाको दिन नगर अस्पातलको सेवा अवरुद्द भएको रहेछ त्यही बिषयलाई लिएर अस्पातलमा कार्यरत डाक्टर माथि हातपातको प्रयास भएको रहेछ ।

अभद्र व्यवहार गर्ने एकजनालाई पक्राउ गरेर घटनाको थप अनुसधान गरिरहेको प्रहरीले जनाएको छ । बिरामीलाई भने सुन्दरहरैंचा नगरपालिका वडा नं १ का वडाध्यक्ष राम विश्वासको रोहबरमा उपचार अग्र्न पठाइएको प्रहरीले जनाएको छ ।









