
सुन्दरहरैंचा । नेपाल रेडक्रसको ६१ औँ स्थापना दिवसको अवसरमा नेपाल युवा रेडक्रस सर्कल, पञ्चायत माध्यमिक विद्यालय सुन्दरहरैंचाको आयोजनामा भएको रक्तदानमा ५४ पिन्ट रगत सङ्कलन भएको छ ।


सर्कलका शिक्षक नायक दिनेश्वर यादवका अनुसार नेपाल रेडक्रस सोसाइटी मोरङको सहकार्यमा रक्तदान सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।










