धनगढी । कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आउनुभएको छ । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गर्नुभएका उहाँका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ । विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने योजनासहित माछापालन व्यवसाय गर्दै आउनुभएका खरेलले माछापालन […]
मुख्य समाचार
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा […]
लेदुवा खोलाको पुल सात वर्ष देखि अधुरै
सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का दीपक मगर भन्छन्, “पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको […]
रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार
बेलबारी । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि !’ भन्ने झिनो आशा र आशङ्काबीच चलेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर रोकिएको छ । खोजीकार्य जारी रहे पनि फेला नपरेपछि हिन्दू धार्मिक परम्पराअनुसार परिवारजनले अनोजको ‘कुशको शव’ बनाएर अन्तिम संस्कार […]
आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान
हेटौँडा । “बाढी आइरहेको छ, हेर त ।” रातभरको काम सकेर कोठामा फर्किएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए । बाहिर निस्केर हेर्दा आफूहरू बसेको स्थानभन्दा करिब ८० मिटर तल रहेको खोला अस्वाभाविक रूपमा उर्लिरहेको थियो । रसुवामा साढे दुई वर्षदेखि काम गर्दै आएका राजेन्द्रलाई त्यहाँको खोलाको सामान्य अवस्था थाहा थियो । तर त्यस […]





