कोशी प्रदेश समाचार

तेह्रथुममा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्‍यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका-१० मा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । तेह्रथुम म्याङ्लुङ-८ का २२ वर्षीय संगम तामाङ र २५ वर्षीय सविन लिम्बुको आइतबार साँझ मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार म्याङ्लुङबाट जिरीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक संगम तामाङ र पछाडि सवार २५ वर्षीय सबिन लिम्बुलाई जिल्ला अस्पताल पुराएपछि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *