कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा खयर र सजिवनका बिरुवा रोपिए

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मझुवा स्थित ल्याण्डफिल्ड साइटमा सुन्दरहरैंचा नगरपालिकाले खयर र सजिवन जातका बिरुवाहरू रोपेको छ ।

खोला किनारमा रहेको करिब दुई बिघा भन्दा बढी क्षेत्रफलमा नगरपालिकाले सोमबार खयरका ३०० बिरुवा र सजिवनका ५०० बिरुवा रोपेको सुन्दरहरैंचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले जानकारी दिए ।

भट्टराईले नगरको स्वामित्वमा रहेका खाली जग्गाहरूलाई सदुपयोग गर्दै उक्त स्थानहरूमा विभिन्न जातका बिरुवाहरू रोप्दै आएको बताए ।

सोमबार नगरप्रमुख केदारप्रसाद गुरागाईँको नेतृत्वमा विभिन्न वाडका वडाध्यक्षहरूको उपस्थितिमा उक्त ल्याण्डफिल्ड साइटमा विभिन्न जातका ८०० बिरुवा रोपिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *