खोज्दै जाँदा मुख्य समाचार समाचार

सुन्दरहरैंचामा कर समायोजन गरियोस !

कर बढ्यो , के कारणले बढ्यो कर ? अहिले जनताले प्रश्न गरिरहेका छन, सुन्दरहरैंचा नगरपालिकालाई । तर यी जनताको प्रश्न न त नगरपालिकाले सुन्न खोजिरहेको छ, न त नगरप्रमुख केदारप्रसाद गुरागाईले । नसुने झै गरेर कानमा तेल हालेर बसेको छ स्थानिय सरकार । आखिर समस्या कसको हो ? सम्स्या समाधान गर्नु पर्ने कसले हो ?

दुई दिन देखी नगर भित्र यी कुराहरु गुन्जिरहेको छ । चौक-चौक घर-घरबाट नागरिकले आवाज निकालिरहेका छन, किन बढाइयो कर ? तर नागरिकले निकालेको आवाज सुन्ने कसले ? जवाफ दिने कसले ? एक हुल मान्छे सडकमा निस्किएका छन, चिच्याएका छन … थेग्नै नसक्ने कर बढाइयो, कर घटाइदेउ स्थानिय सरकार भन्दै । नागरिक सडकमा बोलिरहदा तपाईंको मन दुख्दैन मेयर ज्यु ? आखिर कसका लागि कर बढाइएको हो ? आखिर तपाईंले बढाएको करमा तिनै नागरिक खुशी छैनन भने तपाईंलाई कर घटाउन किन आपत्ति र मेयर ज्यु ? नागरिकले जायज कर तिर्न तयार छौ, अजायज कर तिर्दैनौ कर घटाइदेउ भन्दा तपाईंले किन नसुन्ने मेयर ज्यु ?

अझ सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाई भन्नुहुन्छ “नगरमा केही हद सम्म कर बढ्यो तर त्यती धेरै बढेको छैन । अघिल्लो मेयरले फेसबुकमा स्टाटस लेखेपछी थाहा पाए । उहाको पनि राजश्व हेरे ।” यती लज्जास्पद भनाई नदिनुस न मेयर ज्यु । यहाँ कुन मेयर, को मेयरले कती राजश्व बुझाउछ भन्ने हैन यहाँ प्रश्न जनताको हो , कर किन बढाइएको ? तर नागरिकले प्रमाण सहित बोकेर सडकमा आइरहदा आम नागरिकले तपाईंको कुरामा कसरी विश्वास गर्ने मेयर ज्यु ?

अघिल्लो आर्थिक वर्षमा आठ सय राजश्व तिर्ने जनताले यो आर्थिक वर्षमा बाह्र हजार तिर्न पर्छ । अघिल्लो आर्थिक वर्षमा तीन सय राजश्व तिर्नेले पांच हजार सम्म तिर्न परेको छ । अघिल्लो आर्थिक वर्षमा एक हजार राजश्व तिर्नेले यो वर्ष तिस हजार राजश्व तिर्ने पर्छ । अनी के यो कर सामान्य मात्र बढेको हो मेयर ज्यु ? यही प्रश्न लिएर नागरिकले दबाब स्वरुप चौक चौकमा दबाब कार्यक्रम गर्दैछन मेयर ज्यु अब त कान खोलेर सुन्नुहोस । हिजो निर्वाचन लड्दै गर्दा तपाईको घोषणा पत्र हेर्नुस मेयर ज्यु । कर घटाऊछौ भन्नु भएको छ तर खोई व्यवहारमा कहाँ छ ? झुटो छलको राजनीति नगर्नुहोस मेयर ज्यु ? जनताले हेरिरहेका छन ।

कर घटाऊ राजनीति कसैले नगरौ । कर बढाउनुपर्छ तर कती बढाउने खुल्ला अन्तरक्रिया गरेर जनता आँफैलाई कर रोज्न दिउ । बिकास यहाँका राजनीतिक दल र नेतालाई मात्र चाहिएको हैन । यहाँ बस्ने नागरिकलाई पनि बिकास चाहिएको छ । तर कर बढाउने वित्तिकै बिकास हुने हैन । करलाई सहज रुपमा व्यवस्थापन गर्दै सबैले तिर्न सक्ने कर लागु गरेर समेत सुन्दरहरैचा नगरपालिकाको बिकास गर्न सकिन्छ । नियममा रहेर कर समायोजन गरौ । कर बढाउने हैन मेयर ज्यु करको दायरा बढाउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *