सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाको भवनमा उठेको कालो धुवाँ केवल सिमेन्ट–इटा र कागजको दहन थिएन, त्यो सुन्दरहरैंचाको दुई दशकदेखिको सामाजिक एकता र विकास यात्राको राख थियो । नगरप्रमुखको घर, पूर्वनगरप्रमुखको निवास, र उद्योगपति भोलेश्वर दुलालले वर्षौं मेहनतले खडा गरेको होटल—सबै आन्दोलनको आगोमा ध्वस्त भए । “हामीले कहिल्यै कल्पना गरेको थिएन, सुन्दरहरैंचामा यस्तो हुन्छ भनेर,” सुन्दरहरैंचामा अध्यापन […]
खोज्दै जाँदा
सुन्दरहरैंचाको ‘ढुकुर जोडी’ सम्मान : प्रेरणादायी पहल कि प्राथमिकता भुलेको कार्यक्रम ?
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले सुरु गरेको ‘ढुकुर जोडी सम्मान’ कार्यक्रम हाल सामाजिक, राजनीतिक र सार्वजनिक बहसको केन्द्रमा छ। उत्कृष्ट श्रीमान–श्रीमती जोडीलाई ‘ढुकुर’को प्रतीकात्मक उपमा दिँदै सम्मान गर्ने यो कार्यक्रमलाई कतिपयले प्रेरणादायी भनेका छन् भने, केहीले भने आलोचना गर्दै नगरको प्राथमिकता गुमेको टिप्पणी गरेका छन्। सुन्दरहरैंचाले प्रत्येक वडाबाट सकारात्मक पारिवारिक जीवन बिताइरहेका, सामाजिक कार्यमा सक्रिय […]
दुवईमा चम्किँदै नेपाली युवा: विनोद भट्टराईको ‘भिक्टोर रियल स्टेट’ उद्यम
दुवई । नेपाली युवाहरू विदेशमा संघर्ष गर्दै आफ्नो पहिचान बनाइरहेका बेलामा, मोरङ सुन्दरहरैंचाका विनोद भट्टराईले दुवईमा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले दुवईमा नयाँ रियल स्टेट कम्पनी “भिक्टोर रियल स्टेट” को स्थापना गरी, खासगरी नेपालबाट आएका कामदार तथा युवा वर्गलाई लक्षित सेवा सुरु गरेका छन्। विदेशमा बसेका नेपालीहरू विशेषगरी दुवई पुगेका व्यक्तिहरूलाई आवासको समस्या झेल्नु […]
बादरलाई बिस्कुट खुवाउँदै पत्रकार अर्जुन
बेलबारी । पत्रकार अर्जुन काफ्लेले आहाराको खोजीमा निस्किएका बादरहरुलाई बिस्कुट खुवाएका छन । पूर्वी मोरङको महेन्द्र राजमार्ग छेउमा आहाराको खोजीमा सडकमा निस्किएका बादरलाई पत्रकार काफ्लेले बिस्कुट खुवाएका हुन । मोरङको बेलबारी तिन भाउन्नेको आसपासका जङ्गलका बादरहरु आहाराको आसमा सडक छेउ आउने र बस्ने गर्छन् । बादरलाई बिस्कुट खुवाउँदै पत्रकार काफ्ले भन्छन ” घर पालुवा मात्रै […]
सुकुना क्याम्पसमा रोकिएन गुण्डागर्दी
सुन्दरहरैंचा । पछिल्लो समय मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा विधार्थीहरुको गुण्डागर्दी बढ्दै गएको छ । विधार्थी संगठनको आडमा बढ्दो गुण्डागर्दीले यहाँको शैक्षिक गुणस्तर नै जोखिममा रहेको छ । विधार्थी संगठनका नेताहरुलाई राजनितिक दलले संरक्षण गर्दा क्याम्पस परिसर भित्र गुण्डागर्दी, अपराधिक घटना बढ्दै गएको देखिन्छ । क्याम्पस परिसर भित्र दिनप्रतिदिन […]





