
बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लालभित्तिमा सोमबार दिउसो आगलागी भएको छ । वडा नं २ लालभित्तिस्थित सिंहदेवी टोलमा आगलागी हुँदा लाखौको धनमाल जलेर नष्ट भएको छ ।


स्थानीय रीता ढुङगानाको घरमा सोमबार दिउँसो आगलागी हुँदा २ तोला सुन,नगद,लत्ता कपडा,दराज जिन्सि सामान समेत गरि करिब ८ लाख बराबर को घनमाल जलेर नष्ट भएको स्थानियले बताएका छन ।

बिद्युत सर्ट भई आगलागी भएको स्थानियको भनाई छ । दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको थियो ।









