
उदयपुर । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा प्रज्ज्वल कोइराला बेपत्ता भएका छन । बेपत्ता भएका कोइरालाको कार भने चतराघाट स्थित कोशी पुलमा भेटिएको छ ।


झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय कोइरालाको कार कोशी पुलको उदयपुर खण्डमा भेटिएको हो । प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार बिहान ४ बजे कोशी पुलमा बेवारिसे कार देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्रमा खोजी कार्य भइरहेको छ । सशस्त्र प्रहरीको गोथाखोरको टोली र इप्रका रामपुरबाट सइको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।









