
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ मा रहेको सलकपुर बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार दुर्गादेवी दुलाल स्पोर्टस ग्राम सलकपुरको आयोजनामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकामा रहेको विभिन्न संघसस्थाहरु सुन्दरहरैंचा उधोग वाणिज्य संघ, ईन्द्रपुर लायन्स क्लब, ईन्द्रपुर साना शहरी खानेपानी सरसफाई आयोजना, रेडियो सुसेली, PLO ग्रुप, कंचनजङ्गा इन्ड्रस्टिज , सलकपुर बजार व्या. समिति, ईन्द्रपुर जेसिज लगायतको उपस्थिती रहेको थियो ।

दुर्गादेवी दुलाल स्पोर्टस ग्रामको हुन लागेको साधारण सभालाई लक्षित गरी सलकपुरमा सरसफाई कार्यक्रम आयोजना गरेको दुर्गादेवी दुलाल स्पोर्टस ग्रामका अध्यक्ष भोलेश्वर दुलालले जानकारी दिए । सुन्दरहरैचा उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले संघले सलकपुरमा मात्र नभएर सुन्दरहरैंचाका हरेक क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गर्दै आइरहेको बताए । उनले आगामी दिनमा समेत सरसफाई कार्यक्रमलाई निरन्तरता दिने बताएका छन ।
सरसफाई कार्यक्रमको साथ साथै वृक्षरोपण कार्यक्रम समेत गर्नुपर्ने ईन्द्रपुर खानेपानीका सचिव अर्जुन गजुरेलले बताएका छन । उनले सरसफाई कार्यक्रमलाई सन्देश प्रवाहको रुपमा लिएर वृक्षरोपण कार्यक्रमलाई नगर भरी बृहत कार्यक्रमको रुपमा सञ्चालन गर्नुपर्ने बताएका छन । सुन्दरहरैंचाको सलकपुर बजार देखी दुर्गा देवी स्पोर्टस ग्राम सम्म शनिबार सरसफाई गरिएको थियो ।









