
पाँचथर । पाँचथरमा आज बिहान स्कुटर दुर्घटना भएको छ । पाँचथरको फिदिम नगरपालिका ११ फेवादिन स्थितमा स्कुटर दुर्घटना भएको हो । दुर्घटनाबाट एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


शनिबार बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउदै गरेको प्रदेश १-०३-००१ प ५२७१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा स्थनीय ७० बर्षीय हेम कुमार कार्की र निजकै श्रीमती ६५ बर्षीय माया देवी कार्की घाईते भएका थिए ।

घाईते उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगीएकोमा उपचारको क्रममा माया देवी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।









