
विराटनगर । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब) लाई आदेश दिएको हो।


शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त भएका शर्माले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । शुक्रबार थुनाबाट बाहिर निस्किदै गर्दा शेखर-गगन जिन्दावाद भन्दै नारा लगाएका थिए । शेखर-गगन जिन्दावाद भन्दै शर्माले काङ्ग्रेसले नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोड्नुपर्ने बताए । उनले गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा नदिए काङ्ग्रेस सरकारबाट बाहिरिने समेत बताए। शर्मा काङ्ग्रेसमा शेखर-गगन समुहका सांसद हुन ।

शर्माले आफु थुनाबाट बाहिर निस्किदै गर्दा शेखर, कोइराला, गगन थापा, विश्वप्रकाश शर्माको नाम लिदै गर्दा पार्टी सभापती शेरबहादुर देउवाको नाम भने लिन मानेनन । थुनाबाट निस्किएपछिको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारले शेरबहादुर देउवाको नाम खै लिनु भयो ? भन्ने प्रश्नमा उनले शेखर-गगन जिन्दावाद भन्दै नारा लगाएका हुन ।









