कोशी प्रदेश खोज्दै जाँदा मुख्य समाचार

बादरलाई बिस्कुट खुवाउँदै पत्रकार अर्जुन

बेलबारी । पत्रकार अर्जुन काफ्लेले आहाराको खोजीमा निस्किएका बादरहरुलाई बिस्कुट खुवाएका छन । पूर्वी मोरङको महेन्द्र राजमार्ग छेउमा आहाराको खोजीमा सडकमा निस्किएका बादरलाई पत्रकार काफ्लेले बिस्कुट  खुवाएका हुन ।

मोरङको बेलबारी तिन भाउन्नेको आसपासका जङ्गलका बादरहरु आहाराको आसमा सडक छेउ आउने र बस्ने गर्छन् । बादरलाई बिस्कुट खुवाउँदै पत्रकार काफ्ले भन्छन ” घर पालुवा मात्रै होइन जंगलका जनवारलाई नि सेवा गर्दा हुन्छ” ।

जंगलमा जनावरहरुको आहारा सकिएको कारण वस्तीमा पस्दैछन यसले मानविय क्षती समेत भएको छ । राज्यले जंगल क्षेत्रमा जनावरहरुलाई चाहिने आहाराको लागि वृक्षरोपण गर्नुपर्ने काफ्लेले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *