कोशी प्रदेश समाचार

बेलबारीमा लोहन्द्रा खोलाले जल्दै गरेको शव बगायो

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा रहेको लोहन्द्रा खोलाले जल्दै गरेको शव बगाएको छ । शनिबार दिउँसो बेलवारी नगरपालिका वडा न ३ का एक बृद्धाको दाहसंस्कारका लागी लोहन्द्रा खोला लगेर चित्ता बनाई शवलाई दागबत्ति दिएर जलाउने क्रममा खोलामा आएको बाढीले शव बगाएको हो ।

खोलाले बगाएको शव खोजतलास पछि सुन्दरहरैचा नगरपालिका स्थित वडा नं १ को पुर्वपट्टि आधा भाग मात्र जलेको अबस्थामा भेटिएको थियो । नेपाल प्रहरी र स्थानिय बासीको सहयोगमा खोलाले बगाएको शवको खोजी कार्य भएको थियो । लोहन्द्रा खोलामा आएको बाढीले बगाएको बृद्धाको शव राति फेरी अन्त्येष्टि गरिएको छ ।

शवलाई खोृलाबाट निकालेर बेलबारी १ स्थित अ्मना सिसौलि सामुदायिक बन र बेतना सामुदायिक बनको सिमानामा खाल्डो खनेर पुरिएको छ । खोलाले जल्दै गरेको शव बगाएपछी यती खेर सामाजिक सञ्जालमा बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नगरले बजेट भ्यु टावर जस्ता अनावश्यक क्षेत्रमा लगानी गरेको तर नागरिकको दैनिकी जीवनमा प्रभाव पर्ने क्षेत्रमा लगानी नगरेको भन्दै आलोचना भइरहेको छ । उनिहरुले बेलबारीमा रहेको लोहन्द्रा खोलामा शव दाह गृह बनाउनु पर्ने भन्दै अहिले बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुको आलोचना गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *