कोशी प्रदेश मुख्य समाचार

सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा तारा आचार्य

विराटनगर । सञ्चार क्षेत्रको प्रवर्द्धन र महिलाको सशक्तिकरणमा क्रियाशील सञ्चारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित प्रदेश समितिमा अध्यक्षमा मोरङकी तारा आचार्य चयन भएकी छन्। उपाध्यक्षमा सुनसरीकी रुमा रिजाल, महासचिवमा मोरङकी जुनु भट्टराई, सचिवमा सुनसरीकी सुप्रिया राई, कोषाध्यक्षमा मोरङकी कविता घिमिरे सर्वसम्मत भएका छन् ।

त्यस्तै, सदस्यहरूमा इन्दु साह, शान्ति राई, उर्मिला दनुवार, सिर्जना खुलाल, सीता लिम्वु र सुशिला संग्रौला चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *