कोशी प्रदेश मुख्य समाचार

सुकुना खोलामा युवती झुण्डिएको अवस्थामा मृत फेला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित सुकुना खोलाको फलामे पुलमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरी कानेपोखरी गाउँपालिका–७ घर भई हाल सुन्दरहरैचा–१० मा बस्दै आएकी १६ वर्षीया बबिता विक हुन्।

प्रहरीका अनुसार घटना सोमबार राति करिब ११ बजेतिर भएको हो। उनलाई विराटचौक प्रहरी चौकी अगाडि सुकुना खोलाको पुलमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो। घटना बारे थप अनुसन्धान भाइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *