
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित गोठगाउँमा ‘लायन्स क्लब अफ रोयल गोठगाउँ सिटी’को औपचारिक स्थापना भएको छ। अनुरोध साहको अध्यक्षतामा गठन भएको उक्त क्लबलाई ‘लायन्स क्लब अफ विराटचोक सिटी’ले मातृत्व प्रदान गरेको हो।


स्थापनाको अवसरमा हिजो गोदावरी रिसोर्टमा आयोजित विशेष समारोहमार्फत नयाँ कार्यसमितिको घोषणा गरिएको थियो। कार्यक्रममा क्लबका पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन्।

क्लबको प्रथम उपाध्यक्षमा बलराम चौधरी, द्वितीय उपाध्यक्षमा प्रेम खनाल, र तृतीय उपाध्यक्षमा ज्ञाननाथ ढकाल चयन भएका छन्। यस्तै, सचिवमा सरोज आचार्य, सहसचिवमा पेशल कोइराला, र कोषाध्यक्षमा सुमन बराइली चयन भएका छन्।
कार्यसमितिमा समावेश अन्य पदाधिकारीहरूमा कोअर्डिनेटरका रूपमा सरोज श्रेष्ठ, गोविन्द पौडेल, नरेन राया, भेषराज ढकाल, कमल दाहाल, मिलन लुइँटेल र बलराम चौधरी रहेका छन्।
त्यसैगरी, सदस्यहरूमा नवराज पोख्रेल, जीवन अधिकारी, टंक सिटौला, सुमन तिम्सिना, बुद्ध पोख्रेल, किसन चौधरी र रुक्मिता चौधरी चयन भएका छन्।









