खेल मनोरञ्जन मुख्य समाचार विजनेश

विराटचोकमा चन्द्र विराट स्केटिङ पार्क

सुन्दरहरैंचा । बालबालिकाको शारीरिक सशक्तिकरण र मानसिक विकासलाई लक्ष्य गर्दै मोरङको सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकमा चन्द्र विराट स्केटिङ पार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

पार्कको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कार्कीले स्केटिङ जस्ता खेलकुदले बालबालिकामा आत्मविश्वास, अनुशासन र सामाजिकता विकास गर्न मद्दत पुर्‍याउने बताए। “आजको पुस्ता मोबाइल र इन्टरनेटमा मात्र सीमित भइरहेका छन्, उनीहरूलाई बाहिरी गतिविधितर्फ आकर्षित गर्न यस्ता पार्कको आवश्यकता अत्यन्तै महत्वपूर्ण छ,” उनले भने।

पार्कका सञ्चालक धुर्व पोखरेलले स्केटिङलाई केवल खेल मात्र नभई सन्तुलन, एकाग्रता र सिर्जनात्मकताको माध्यमको रूपमा अघि सारेका छन्। “बालबालिकाले मोबाइलको लतबाट छुटकारा पाउन खेलकुदजस्ता सक्रिय विधि आवश्यक छन्, स्केटिङ त्यसतर्फको एक सकारात्मक प्रयास हो,” पोखरेलले बताए।

प्रतिकृया दिनुहोस्