
बेलबारी । बेलबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष पदमा अखिल क्रान्तिकारीका कपिल विष्ट २५ मतले अगाडि छन । २०० मत गन्दा अनेरास्ववियुका प्रशान्त पोखरेलले ८४ मत ल्याउदा विष्टले १०९ मत ल्याएका छन ।


त्यस्तै सचिवमा अनेरास्ववियुका अर्जुन कोइरालाले १०४ मत ल्याउदा अखिल क्रान्तिकारीका दिपेन्द्र राईले ८८ मत ल्याएका छन । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका शंकर थापले ९४ मत ल्याउदा अखिल क्रान्तिकारीका नवराज थापाले ९५ मत ल्याएक छन ।

त्यस्तै सदस्यहरुमा मनिका विष्ट ८५, निराजन प्रसाई ९३, विनु भण्डारी ८७, शुभहाङ राई ७८, दिलाशा बस्नेत ७७, हिमाल आले नगर ४६, सोहन लिम्बू ९०, ओम प्रतीक चौधरी ८७, विक्रम तामाङ ८०, निकेश सुवेदी ८६, सलन राई ८८ र सुस्मिता थापाले ८९ मत ल्याएका छन ।









