खेल

सुन्दरहरैंचा आइडियल्स क्रिकेट क्लब केपी ओली कप टि-२० मा उत्कृष्ट प्रदर्शनको तयारीमा

सुन्दरहरैंचा ।  कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सुन्दरहरैंचा आइडियल्स क्रिकेट क्लब ले आगामी केपी ओली कप पुरुष राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने भएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा आयोजना हुने यो प्रतियोगितामा देशभरका उत्कृष्ट क्रिकेट क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ।

क्लबले यस प्रतियोगितामा कप्तान रितेश रायको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। टिममा प्रकाश कार्की, समीर तिम्सिना, मनिष थापा, मृणाल गुरुङ, गौरव कटुवाल, र आयुष ढुंगेललगायतका प्रतिभाशाली खेलाडीहरूको समावेश रहेको छ।

कप्तान रितेश रायले टिमको तयारीबारे बताउँदै भने, “हामी लामो समयदेखि यस प्रतियोगिताको लागि तयारी गरिरहेका छौं। हाम्रो टिममा अनुभवी र युवा खेलाडीहरूको मिश्रण छ, जसले गर्दा हामीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छौं।”

प्रतियोगिताको औपचारिक उद्घाटन चैत २३ गते सम्पन्न भएको हो भने सुन्दरहरैंचा आइडियल्सले आफ्नो पहिलो खेल बैशाख १ गते सी.वाई.सी अत्तरिया विरुद्ध खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *