
सुन्दरहरैंचा । भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकि दिपा विष्टलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ ।


भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल भएकी हुन । उनले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाएकि हुन ।

सोमबार नगरपालिकाको सभाहलमा एक कार्यक्रम गर्दै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी र प्रमुख प्रशासकिय अधिकृत अम्बिका चौलागाईंले नगद एक लाख पचास हजार सहित खादा ओढाएर सम्मान गरेको हो ।
कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, ११ नं वडाका वडाध्यक्ष विशनलाल चौधरी, ९ नं वडाका वडाध्यक्ष प्रकाश श्रेष्ठ, ८ नं वडाका वडाध्यक्ष खेम प्रसाद न्यौपाने लगायत अन्य जनप्रहरुको उपस्थिती रहेको थियो ।









