
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् ।


शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २३ मत पाउँदा उनका प्रतिस्पर्धी पियाले १४ मत प्राप्त गरेका छन् ।

संघको १३ सदस्यीय कार्यसमितिमा पारसको टिमबाट १२ जना निर्वाचित भएको जनाइएको छ । क्यानको केन्द्रीय समितिको निर्वाचन आगामी असोज ५ र ६ मा हुँदैछ।









