
सुन्दरहरैंचा । नेपाल ज्योतिष परिषद कोशी प्रदेशको आयोजनामा “नवग्रह रिसर्च सेन्टर तथा विज्ञान गृह निर्माण विषयक बृहत् अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।


कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की रहेका थिए । उनले वैदिक ज्योतिष विज्ञान र नवग्रह सम्बन्धी अनुसन्धानको महत्वमा प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले समाजमा वैज्ञानिक चेतना र आध्यात्मिक समझदारी बढाउने उल्लेख गरे ।

उक्त अन्तरक्रिया कार्यक्रममा ज्योतिष शास्त्रका विद्वान, अनुसन्धानकर्ता, धार्मिक व्यक्तित्वहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नवग्रह रिसर्च सेन्टर स्थापनाको आवश्यकता, उद्देश्य र भावी योजना लगायतका विविध पक्षमा विचार-विमर्श गरिएको थियो।
नेपाल ज्योतिष परिषदले अनुसन्धान, ग्रह-नक्षत्रहरूको अध्ययन तथा शास्त्रीय विधिका आधारमा विज्ञ ग्रह निर्माणको तयारीलाई अघि बढाउने लक्ष्य लिएको छ।









