कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको हरैचा बजार क्षेत्रको सडक अवरुद्द

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं १ मा पर्ने विराटचौक-घिनाघाट सडक क्षेत्र केही बेर अवरुद्द भएको छ । स्थानियले बुधबार बिहान केही बेर सडक अवरुद्द गरेका हुन ।

हरैँचा बजार क्षेत्रमा सडक निर्माणमा ढिलाई भई धुलाेले सास्ती भएको भन्दै स्थानीयले सडक अबरुद्ध गरेका हुन । सडक निर्माणमा ढिलाई भएको कारण उक्त सडकमा धुलो उड्दै आएको छ । जसका कारण स्थानीयले सास्ती भोग्दै आएका छन ।

केही बेर सडक अवरुद्द गरेको केही बेर पश्चात् सुन्दरहरैंचा नगरपालिकाले दमकलको प्रयोग गरि उक्त धुलाम्य सडकमा पानी हालेको थियो । सडकमा पानी हालेपछी अवरुद्द भएको सडक केही बेर पश्चात् खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *