मुख्य समाचार स्वास्थ्य

विश्व क्षयरोग दिवस: नोबेलमा ८५ प्रीन्ट रगत संकलन

विराटनगर । विश्व क्षयरोग दिवसको अवसरमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको आयोजनामा तथा स्वास्थ्य कार्यालय मोरङ, राउन्ड टेबल नेपाल, र लेडिज सर्कल नेपालको सहकार्यमा एक दिने रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा कुल ८५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नोबेल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डा. रामहरि घिमिरे, हस्पिटल डाइरेक्टर प्रोफेसर डा. राजेश नेपाल, डिपुटी सिइओ प्रोफेसर डा. विश्वनाथ अधिकारी, महाप्रबन्धक दिपेश राई, तथा सूचना अधिकारी नवीन दाहाल को उपस्थिति रहेको थियो । साथै, मोरङ स्वास्थ्य कार्यालयका प्रमुख र राउन्ड टेबल नेपाल, विराटनगरका अध्यक्ष समेत कार्यक्रममा सहभागी भएका थिए।

यस रक्तदान कार्यक्रमले क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्दै, आवश्यक रक्त आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको नोबेल मेडिकल कलेजका महाप्रबन्धक दिपेश राईले बताए ।  कुल ८५ जना रक्तदाताहरूको यो योगदान प्रशंसनीय रहेको छ, जसले असङ्ख्य जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेलेको राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *