कोशी प्रदेश मुख्य समाचार

सांसद सुनिल शर्माले बनाए सम्पर्क कार्यालय

पथरी । प्रतिनिधि सभा सांसद सुनिल कुमार शर्मा र कोशी प्रदेश सांसद मानबहादुर लिम्बुले आफ्नो सम्पर्क कार्यालयको स्थापना गरेका छन् । शनिवार शर्मा र लिम्बुले संयुक्त रूपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन ।

मोरङ क्षेत्र नं ३ ‘क’ पथरी स्थित बुद्ध चौकमा शर्मा र लिम्बुले आफ्नो सम्पर्क कार्यालय बनाएका हुन । जनताको गुनासो सङ्कलन गरी केन्द्र सरकार र प्रदेश सरकार मार्फत समाधान गर्नका लागि सम्पर्क कार्यालयको स्थापना गरेको सांसद शर्माले बताए ।

सांसद शर्माले भने, “जनताको गुनासो सुन्न कार्यालयमा एक जना कर्मचारी राखिनेछ । सम्पर्क कार्यालयमा आएको गुनासो प्रतिनिधि सभा र प्रदेश सभाको बैठकमा राखिन्छ ।” कार्यालय उद्घाटन कार्यक्रममा काङ्ग्रेस नेता वसन्त भट्टराई, शिव ढकाल, ललित श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *