कोशी प्रदेश खेल मुख्य समाचार

बेलबारी गोल्डकप शुक्रबार देखि हुने

सुन्दरहरैंचा । मोरङको बेलबारी नगरपालिकामा शुक्रबारबाट बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सातौँ संस्करण हुने भएको छ।

आयोजक एलएक्स सिटी फुटबल क्लबका अनुसार असोज ११ गतेबाट हुने गोल्डकपमा भारतको पश्चिम बंगालस्थित दलसिंगपारा एसएसहित नेपालका ए डिभिजन र जिल्लाका फुटबल क्लब गरी १० टोलीको सहभागिता रहने छ ।

असोज ११ गतेबाट हुने गोल्डकपमा साविक विजेता विग्रेड ब्वाइज काठमाडौँ, नेपाल पुलिस क्लब, झापा एघार विर्तामोड, सिराहको सहलेस युथ क्लब, धनकुटाको रारा एफसी, बुटबलको बुटवल लुम्बिनी एफसी, काठमाडौँको चित्लाङ एफसी, जिल्ला फुटबल संघ भोजपुर भारतको दलसिंगपारा एसए र आयोजक एलएक्स सिटी एफसी लक्ष्मीमार्गले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका लागि आयोजक तथा क्लबका अध्यक्ष विक्रम राईले करिब ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरे। ५५ लाख रुपैयाँ खर्च हुने अपेक्षा गरेको उनले बताए। गोल्डकपको विजेता टोलीले ट्रफीसहित ८ लाख र उपविजेता टोलीले ४ लाख रुपैयाँ हात पार्ने जनाएको आयोजक पक्षले गोल्डकपमा उत्कृष्ट खेलाडीसहित विभिन्न विधामा पुरस्कारको व्यवस्था गरेको बताएको छ।

गोल्डकपका लागि मुख्य सहयोगमा बेलबारी नगरपालिका, प्रमुख प्रायोजक आरजु राइस र अन्य विभिन्न संघसंस्थाले सहयोग गरेको आयोजक क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *