खेल मुख्य समाचार

विराट भेट्रान गोल्डकप: आयोजक विराट भेट्रान सेमीफाइनलमा

सुन्दरहरैंचा । आज भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको पहिलो क्वाटर फाइनल खेलबाट आयोजक विराट भेट्रानको ए टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।

बाइ पाएर सिधै खेलेको आयोजकको ए टिमले सुनसरीको हाम्रो धरान भेट्रानलाई पराजित गरेको हो । हाम्रो धरानले मिल्स भेट्रानलाई पराजित गरी क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

आज विजयी भएको आयोजकको ए टिमले माघ २५ गते दूधे भेट्रान झापासँग सेमीफाइनलको खेल खेल्नेछ । दूधे भेट्रान सिक्किमको एनआरसी भेट्रानलाई पराजित गरी अघिल्लो चरणमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको भोलिको खेल जी जे युनाइटेड भेट्रान दार्जिलिङ र आयोजक विराट भेट्रान बी बीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । उपविजेताले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यही माघ २६ गते हुनेछ ।

प्रतिकृया दिनुहोस्