खेल मुख्य समाचार

शुन्यको विरुद्ध १ गोल गर्दै विराट भेट्रान बि सेमिफाइनलमा

सुन्दरहरैंचा । आज भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको दोस्रो क्वाटर फाइनल खेलबाट आयोजक विराट भेट्रानको बि टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।

आयोजकको बि टिमले दार्जिलिङ भेट्रानलाई पराजित गरेको हो । आजको खेलमा आयोजक टिम बि ले दार्जिलिङ भेट्रान लाई १-० गोल अन्तर ले पराजित गरेको  हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । उपविजेताले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यही माघ २६ गते हुनेछ ।

प्रतिकृया दिनुहोस्