मुख्य समाचार शिक्षा

एसइईमा सुन्दरहरैंचामा २ हजार १५२ विद्यार्थी सहभागी

सुन्दरहरैंचा । आजबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु भएको छ । सुन्दरहरैंचा शिक्षा, युवा तथा खेलकुद उपशाखाको अनुसार एसइई परीक्षामा २ हजार १५२ जना विद्यार्थीहरू सहभागी भएका छन् ।

परीक्षामा  छात्रको सङ्ख्या १ हजार ४७ र छात्राको सङ्ख्या १ हजार ५५ रहेको  सुन्दरहरैंचा शिक्षा उपशाखा प्रमुख तेज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार यस वर्ष एसइई परीक्षामा ५ जना विद्यार्थीहरू अनुपस्थित भएका छन् । सुन्दरहरैंचामा ७ वटा परीक्षा केन्द्रबाट परीक्षा भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *