कोशी प्रदेश मुख्य समाचार

कोपोमिस सम्बन्धी एकदिने तालिम सम्पन्न

सुन्दरहरैंचा । राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखाले मोरङको सुन्दरहरैंचा नगरपालिकामा कोपोमिससम्बन्धी तालिम दिएको छ । बुधबार बैंकको सभाहलमा सुन्दरहरैंचा क्षेत्रभित्र रहेका सहकारीका प्रतिनिधिहरुलाई एक दिने तालिम दिएको हो ।

शाखा प्रमुख मनोज लामिछानेले सहकारी संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्यांक व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता हो भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि भएको बताए । उनले व्यक्तिमा निहित ज्ञानलाई तालिमले समय सापेक्ष र ताजा बनाइराख्ने बताउँदै सहभागीहरुलाई सक्रिय सहभागितासहित अधिक लाभ लिन आग्रह गरे ।

उक्त तालिममा १२ जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कर्मचारीहरुलाई सहकार्यमा काम गर्न, कन्सोर्टियम (साझेदारी) मा व्यवस्थापनका विभिन्न तरिकाहरू र उत्कृष्ट रणनीतिहरू सिकाउनका लागि यो तालिमले सहयोग पुर्याउँछ । यस प्रकारको तालिमले धेरै कम्पनीहरू र संगठनहरूलाई सफलतापूर्वक सहकार्यमा काम गर्न र एकअर्कासँग मिलेर लक्ष्य प्राप्त गर्नका लागि प्रभावकारी ढंगले सहयोग पुर्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *