
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको पुष्पदर्शन सहकारीको अध्यक्षमा डोलेश्वर तिम्सिना चयन भएका छन् । सहकारीको १८ औ वार्षिक साधारणसभाबाट तिम्सिना अध्यक्षमा चयन भएका हुन ।


त्यस्तै उपाध्यक्षमा पुष्पा तिम्सिना , सचिवमा ध्रुवप्रसाद दाहाल, सह-सचिवमा विकास बजगाईँ, कोषाध्यक्षमा विमला राई चयन भएका छन् । त्यस्तै सदस्यहरूमा बद्रीबहादुर कटुवाल, तेजकुमार श्रेष्ठ, सोमनाथ लामिछाने, विनाकुमारी ढकाल, डिल्लीप्रसाद चौलागाईं , कमल लुइँटेल, गणेश पोखरेल र मोहन राई चयन भएका छन् ।

त्यस्तै सहकारीको लेखा समिति संयोजकमा पुरुषोत्तम नेपाल, सदस्यहरूमा सुनिता राई र यज्ञमणी निरौला चयन भएका छन् ।









