
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा आयोजना हुने सुन्दरहरैंचा विराट एक्स्पो-४ ले एक्स्पो संचालनका लागि बुधबार दिउँसो स्थानिय साहित्यकारहरु संग छलफल गरेको छ ।


सुन्दरहरैंचा उधोग वाणिज्य संघद्वारा आयोजना हुने चौथो संस्करणको एक्स्पोमा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि आयोजकले सबै सरोकारवाला संग छलफल गरिरहेको छ ।

सुन्दरहरैंचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गते देखि फागुन १० गते सम्म संचालन हुने छ । साहित्यकारहरु संगको छलफलमा आयोजकले स्थानिय साहित्यकारहरुको पहिचान र नयाँ साहित्यकारहरुको उत्पादनको लागि एक्स्पो अवधी भर विभिन्न कार्यक्रमहरुको आयोजना गर्न प्रस्ताव पेश गर्न साहित्यकारहरुलाई आग्रह गरेको छ ।
कार्यक्रममा सुन्दरहरैंचा उधोग वाणिज्य संघका अध्यक्ष नारायण कार्की, सुन्दरहरैंचा साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, भानु साझा पुस्ताकलयका अध्यक्ष पुरन राई, राइडर्स महफिलका व्यवस्थापक यादव भट्टराई लगायत अन्य साहित्यकारहरुको उपस्थिती रहेको थियो ।









