कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा ७५ प्रतिशत धान रोपाइँ सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा यस वर्ष करिब ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि शाखाका प्रमुख सुदीप भण्डारीका अनुसार नगरपालिकामा यस वर्ष करिब पाँच हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको छ।

उनका अनुसार हरिनाथ–६, तरहरा–२, रञ्जित, बिबी–११ तथा विभिन्न भारतीय जातका धान किसानले मुख्य रूपमा रोपिरहेका छन्। पर्याप्त वर्षा र सिँचाइको उपलब्धतासँगै अधिकांश क्षेत्रमा धान रोपाइँ तीव्र गतिमा अघि बढिरहेको कृषि शाखाले जनाएको छ।

कृषि शाखाले मौसम अनुकूल रहे बाँकी क्षेत्रको रोपाइँ पनि छिट्टै सम्पन्न हुने अपेक्षा गरेको छ। समयमै रोपाइँ सम्पन्न हुँदा यस वर्ष धान उत्पादनमा समेत सकारात्मक परिणाम आउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *