
सुन्दरहरैंचा । इन्द्रपुर जेसीजले संकलन गरेको कपडा वितरण गर्न शुरु गरेको छ । सुन्दरहरैंचामा रहेको इन्द्रपुर जेसीज र जुनियर जेसीजको आयोजनामा स्थापना भएको जेसीआई कपडा बैंकमा ५ हजार जोर भन्दा बढी कपडा सङ्कलन भएको थियो ।


उक्त संकलन भएको कपडालाई जेसीजले आइतबारदेखि वितरण गर्न शुरु गरेको इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालले बताए ।

हुनेले दिने नहुनेले लिने भन्ने मुल नाराका साथ पुष २९ गतेदेखि माघ ४ गतेसम्म कपडा संकलन भएको थियो । जेसीजले सुन्दरहरैंचाको विभिन्न स्थानमा पुगेर कपडा वितरण गर्ने छ । आइतबार सुन्दरहरैंचा स्थित विराटचौकको वाल्किङ स्ट्रीटमा कपडा राखेर कपडा वितरण गरेको दुलालले बताए ।









