कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको ३ करोड ७१ लाख २७ हजार बेरुजु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको बेरुजु ३ करोड ७१ लाख २७ हजार देखिएको छ । पालिकाको ३ अर्ब २३ करोड ४५ लाख ७४ हजार रकमको लेखापरीक्षण गरिएकोमा १.१५ प्रतिशत बेरुजु देखिएको हो ।

त्यस्तै विराटनगर महानगरपालिकामा  २ करोड ८ लाख ५७ हजार, बेलबारी नगरपालिकामा ३ करोड ६२ लाख ९ हजार , उर्लाबारी नगरपालिकामा १ करोड ६५ लाख ११ हजार, पथरीशनिश्चरे नगरपालिकामा ९७ लाख ५७ हजार, रंगेली नगरपालिकामा ३ करोड ७१ लाख ३६ हजार, रतुवामाई नगरपालिकामा २ करोड ९५ लाख २५ हजार , लेटाङ नगरपालिकामा ३ करोड १५ लाख ९९ हजार, सुनवर्षी नगरपालिकामा ५ करोड ४४ लाख ५८ हजार बेरुजु देखिएको हो ।

त्यस्तै गाउँपालिका तर्फ कटहरी गाउँपालिकामा २ करोड २० लाख ८५ हजार, कानेपोखरी गाउँपालिकामा २ करोड ६२ लाख १७ हजार, केराबारी गाउँपालिकामा २ करोड १७ लाख ९२ हजार, ग्रामथान गाउँपालिकामा १ करोड १६ लाख ५ हजार, जहदा गाउँपालिकामा २ करोड ४९ लाख १६ हजार, धनपालथान गाउँपालिकामा १ करोड ९४ लाख १० हजार, बुढीगंगा गाउँपालिकामा २ करोड ९४ लाख ७४ हजार र मिक्लाजुङ गाउँपालिकामा ३ करोड ८८ लाख ८८ हजार बेरुजु देखिएको हो ।

महालेखा परीक्षक कार्यालयले केही दिन अघि ६२ औं वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *