कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा विराट एक्स्पो-४ संग सहकार्य गर्दै स्थानिय सञ्चारकर्मीहरू

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा माघ ३० गते देखि फागुन १० गते सम्म एक्स्पो सञ्चालन हुने भएको छ । सुन्दरहरैंचा उधोग वाणिज्य संघको आयोजनामा १० दिन सम्म सुन्दरहरैंचा विराट एक्स्पोको चौथो संस्करण सञ्चालनमा आउन लागेको हो ।

एक्स्पोलाई सफल बनाउन आयोजक सुन्दरहरैंचा उधोग वाणिज्य संघले विभिन्न संघ सस्था सग सहकार्य गर्दै अघि बढ्ने नीति अवलम्बन गरेको छ । प्रवेश शुल्क रहेका विभिन्न मेला, महोत्सव, जात्रा आदिमा सामान्यतः सञ्चारकर्मीको लागि निःशुल्क ‘पास’ दिएर निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको हुन्छ । तर मोरङको सुन्दरहरैंचामा सञ्चालन हुने सुन्दरहरैंचा विराट एक्स्पोमा सञ्चारकर्मीले पनि भीभीआइपी पासको लागि प्रयोग हुने ज्याकेट खरीद गरेर सहयोग गरेका छन् ।

सुन्दरहरैंचामा निर्माणाधीन आधुनिक शौचालय तथा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजित एक्स्पोको उद्देश्य प्रशंसनीय भएकाले ज्याकेट खरीद गरिएको सुन्दरहरैंचा पत्रकार समूहका अध्यक्ष बाबुराम निरौलाले बताए । सुन्दरहरैंचामा क्रियाशील १० जना सञ्चारकर्मीले ५० हजार रुपैयाँबराबरको ज्याकेट खरीद गरेर एक्स्पो आयोजक र सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यमा हातेमालो गरेको निरौलाले जानकारी दिए ।

सुन्दरहरैंचा उधोग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले सञ्चारकर्मीलाई १० थान ज्याकेट हस्तान्तरण गर्दै सामान्यतः निःशुल्क पासको माग गर्ने सञ्चारकर्मीले ज्याकेट खरीद गर्नुले एक्स्पोको उद्देश्यलाई थप बल पुगेको बताए ।

यसपटकको सुन्दरहरैंचा विराट एक्स्पो-४ मा सुन्दरहरैंचा पत्रकार समाजको छुट्टै स्टल समेत रहने छ । जसमा सुन्दरहरैंचा नगरपालिका भित्रको विभिन्न विषयमा हाल सम्म विभिन्न मिडिया हाउसमा प्रकाशन भएका समाचार/लेख/ तथा सुन्दरहरैंचा भित्र रहेका पर्यटकीय क्षेत्रहरुको विशेषताहरुलाई पर्दशनीको रुपमा राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *