मुख्य समाचार समाचार

साहित्यकार छवि वैरागी अन्तर्राष्ट्रिय उपाधिद्वारा सम्मानित

सुन्दरहरैंचा ।  अमेरिकन विश्वविद्यालय ( केडारब्रोक )ले  आफ्नो स्थापना दिवसको अवसर पारेर अन्तराष्ट्रिय  भाषासाहित्य तथा खोज अनुसन्धान अवलोकन सञ्चार क्षेत्र , एवम् सामाजिक सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको छ।

विश्वका कुनै पनि देशमा रहेर आफ्नो जीवन समाजका लागि समर्पित गर्दै अनवरत सेवामा सेवकको भूमिका निभाउने सच्चा समाजसेवी,साधक, सञ्चारकर्मी, शिक्षक साहित्यकार तथा चिकित्सकहरूलाई उक्त कार्यक्रममा सम्मान तथा पदवीले विभूषित गरिएको हो।

देश र समाजका विभिन्न स्थानमा रहेर आफ्नो प्रतिभा,सेवा र  क्षमताको माध्यमद्वारा उल्लेखनीय योगदान पुर्‍याउने  नेपाल, भुटान,श्रीलंका,बंगलादेश, माल्दिभ्स ,अमेरिका र भारत गरी जम्मा सात राष्ट्रका  २५ भन्दा बढी व्यक्तित्वहरूलाई सामाजिक सेवा गौरव सम्मान स्वर्ण पदक तथा विशिष्ट सेवा मानार्थ विद्यवारिधि प्रदान गरिएको हो ।

उक्त विशिष्ट कार्यक्रममा भारत सरकारका माननीय सांसद योगेन्द्र चण्डोलिया /भारत सरकारका क्याबिनेट मन्त्री  माननीय चिराग पासवान, भारतीय नारी सामाजिक अभियन्ता पुष्पा जिन्दल,भारतीय हिन्दु धार्मिक अभियन्ता  स्वामी चन्द्रदेवजी महाराजका बाहुलीबाट सम्मान तथा आभूषण प्राप्त भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *