
बेलबारी । जिल्ला कृषि सहकारी संघ लिमिटेडको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोशी प्रदेस सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा र संघका अध्यक्ष रविन्द्र आचार्यको अध्यक्षतामा संघको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।


कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद सुवेदीले जिल्ला सहकारी संघलाई मजबुद बनाउन लाग्नु पर्ने बताउदै संघले कृषि उत्पादनमा जोड दिनु पर्ने बताए । संघले पालिका, संघ र प्रदेश सरकार सग समन्वय गरि कृषि सहकारीको विकासमा लाग्नु पर्ने सुवेदीले बताए । सहकारी संघले किसान सग जोडिने कृषि कार्यक्रमहरुलाई अगाडि ल्याउनुपर्ने सुवेदीले बताएका छन ।

जिल्ला संघका अध्यक्ष आचार्यले जिल्लामा रहेका निष्क्रिय सहकारीहरुलाई समस्याको समाधान गरि पुन: सक्रिय बनाउने तर्फ संघ अगाडि बढ्ने बताए । उनले यस वर्ष संघको सदस्य संख्या वृद्धि गर्दै ९५ भन्दा बढी बनाउने बताए ।
संघको १५ औ वार्षिक साधारण सभा बेलबारी नगरपालिका वडा नं २ मा रहेको संघको कोल्ड स्टोरको भवनमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी जिल्ला समन्व्य समिती मोरङका प्रमुख अजम्बर राई, प्रदेश संघ कोशीका अध्यक्ध खगेन्द्रराज भण्डारी, नेपाल कृषि सहकारी संघका केन्द्रिय सदस्य हरि बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
संघमा मोरङ जिल्लाका विभिन्न स्थानहरुमा रहेका ७७ वटा कृषि सहकारीहरु आवद्ध रहेका छन ।









