
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले संविधान दिवस २०८१ को सन्दर्भमा बुधवार संविधान निर्माणकर्ता र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


विद्यार्थीसँग संविधानसभा सदस्य रत्नदेवी ( मधु) गुरुङले अन्तरक्रिया गरेकि छिन् । उनले विद्यार्थीहरूलाई संविधान निर्माणको प्रक्रिया र सभासदहरूले खेलेको भूमिका तथा संविधानको विशेषताहरूको बारेमा जानकारी गराएकि छिन् ।

अन्तरक्रिया कार्यक्रममा सिद्धार्थमा अध्यनरत विद्यार्थीहरुले संविधान सभा सदस्य गुरुङ संग संविधान निर्माणमा भएका गतिविधिहरुको विषयमा जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरू कार्यक्रममा सहभागी भएका थिए ।









