खेल मुख्य समाचार

नोवेलद्वारा क्रिकेट टोलीलाई १५ लाखको पुरस्कार राशी

विराटनगर । विराटनगर स्थित रहेको नोवेल मेडिकल कलेज टिचिङ्ग अस्पतालले टि २० क्रिकेट को सेमिफाईनलमा बिजय हासिल गरि विश्वकपमा छनौट हुन सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्सान स्वरुप रु १५,००,०० लाख पुरस्कार दिने घोषणा गरेको छ ।

त्यसैगरि विश्वकप टि २० छनौटको फाईनल खेलमा समेत विजय भएकोले थप रु ५,००,००० समेत प्रधान गरिने नोवेल मेडिकल टिचिङ्ग अस्पतालले नेपाल क्रिकेट संघलाई पत्रचार गरि आधिकारीक रुपमा जानकारी गराएको छ । सो पत्रमा नोवेल अस्पतालले राष्ट्रिय टोलीलाई शुभकामना साथै नेपाल क्रिकेट संघलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ ।

नोवेल मेडिकल टिचिङ्ग अस्पताल पुर्व अध्यक्ष तथा प्रबन्धक निर्देशक र साथै मोरङ न. ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माको अगूवाईमा नोवेल मेडिकल टिचिङ्ग अस्पतालले खेलाडिहरुलाई नि शुल्क उपचार गराउदै आईरहेको छ । यसका साथै अस्पतालले विभिन्न स्थानहरुका नि शुल्क शिविर संचालन गरि सेवा प्रधान समेत गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *