
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित खोर्सानेमा रहेको एक सब्जी पसलमा चोरी भएको छ । खोर्सानेमा रहेको लिलम सरदारको सरदार सब्जी पसलमा शुक्रबार बिहान चोरी भएको सुन्दरहरैंचा उधोग वाणिज्य संघका उधोग सचिव विप्लब बस्नेतले बताए ।


उक्त सब्जी पसलबाट रु एक लाख भन्दा बढी नगद चोरी भएको सब्जी पसल सञ्चालक लिलम सरदारले बताइन । पसलमा रखिएको नगदको गल्ला नै चोरले चोरेर लगेको सरदारले बताइन । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।










